×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकसेवा आयोगले माग्यो १ सय ७० कर्मचारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लोकसेवा आयोगले माग्यो १ सय ७० कर्मचारी

Artha Sarokar

२६ कार्तिक २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लोकसेवा आयोगले १ सय ७० जना कर्मचारी मागेको छ । आयोगले प्राविधिक र स्वास्थ्यतर्फ १ सय ७० जना कर्मचारी मागेको हो । 

गोरखापत्रमा सूचना प्रकाशित गर्दै आयोगले निजामतितर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरुका लागि आवेदन मागेको छ । 

आयोगले आह्वान गरेको पदका लागि मंसिर १६ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । आयोगका अनुसार आवेदन फारम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिन्छ ।

आवेदनको दस्तुर प्रत्येक विज्ञापनका लागि १ हजार २ सय र एकै पदका लागि समावेशीतर्फका थप विज्ञापनमा आवेदन दिन प्रत्येकका लागि ४ सय रुपैयाँ तोकिएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी