काठमाडौँ । जुम्लाको कनका सुन्दरी-३ गौरीगाँउका वर्ष ३२ का राजन बुढा तीन वर्ष साउदी बसेर नेपाल फर्किएपछि पासपोर्ट त्यागेर समोसा बेच्न थालेका छन् । समोसा व्यवसायबाट उनलाई राम्रो आम्दानी समेत मिलेको छ ।
पछिल्लो समयमा नेपालमा बढ्दो बेरोजगारहरुको संख्या र रोजगारको अवसर नपाएपछि दैनिक विदेश जानेको संख्या बढीरहेका बेला राजन उदाहरणको पात्रका रुपमा दरिएका हुन् । ‘तीन वर्षको साउदी बसाइमा नेपालीहरुले भोग्नुपरेको समस्याहरु देखेँ ।’, उनले भने, ‘जसका कारण मलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने जुक्ति फुरेको हो ।’
उनले कनका सुन्दरी गाँउपालिकामा रहेको गोठीज्युला बजारमा आलुका विभिन्न परिकार र समोसा बिक्री गरेर दैनिक पाँच हजारसम्मको कारोबार गर्ने गरेका छन् ।
‘यही आलुका बिभिन्न परिकार र समोसा बिक्रीबाट घरखर्च र छोराछोरीलाई सुर्खेतमा निजी स्कुलमा पढाइरहेको छु । यही पेशाबाट सन्तुष्ट छु । बिहान बेलुका घर परिवारसँग बस्न पाएको छु । आफ्नै घरमा उत्पादन गरेको आलुबाट समोसा लगायत अन्य परिकारबाट राम्रो आम्दानी भइरहेको छ ।’, उनले अगाडि भने, ‘म जस्तै मेरा गाँउमा युवाहरुलाई विदेश जानु भन्दा आफ्नै गाँउघर वा देशमा कुनै न कुनै व्यवसाय गरी बस्न र नेपालमै मेहेनत गरे केही गर्न सकिन्छ भन्न चाहन्छु ।’
आलु र पिठोको प्रयोग गरेर तयार गरेका समोसा रारा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यकहरुको रोजाइमा परेको छ । समोसा प्रति गोटाको २० रुपैयाँ पर्छ । राजन र उनकी श्रीमती बिहानदेखि आलुका समोसा बनाउन भ्याइनभ्याई हुन्छन् ।
राजनले बनाएका समसा निकैै राम्रा र स्वादिला हुने गरेका छन् । स्थानीय भागो र तिलको अचारको स्वादले लोकप्रिय बनेको स्थानीय पदम बुढा बताउँछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्