काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘६ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र-२०८९’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्रको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
बैंकले रु एक हजारका दरले ३० लाख कित्ता बराबर हुन आउने रकम रु तीन अर्ब बराबरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा कुमारी क्यापिटललाई दिएको हो ।
बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा सो सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतामा वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार वाणिज्य बैंकले रु तीन अर्ब बराबरको ऋणपत्र जारी गर्नेछ । सोमध्यको ६० प्रतिशत अर्थात् १८ लाख कित्ताले हुन आउने रु एक अर्ब ८० करोड बराबरको रकम संस्थागत तथा व्यक्तिगत रूपमा तथा ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने रु एक अर्ब २० करोड बराबरको रकम सर्वसाधारणका लागि निष्काशन गरिने बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्