काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले राजश्व अनुसन्धान विभाग आवश्यक नरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् ।
उनले अमेरिका लगायतका मुलुकहरुको दृष्टान्त दिँदै राजश्व सम्बन्धी केही समस्या भए त्यसलाई समाधान गर्न सोही सम्बन्धी विभागले नै काम गर्ने व्यवस्था गर्न उपयुक्त हुने स्पष्ट पारेका छन् ।
वर्तमान सरकारसँग काम गर्ने समय करिब साढे ३ महिना मात्रै भएको उल्लेख गर्दै त्यसबीचमा आफूले अर्थतन्त्र सुधारका लागि आवश्यक प्रणालीको विकासमा आफू केन्द्रित हुनेसमेत अर्थमन्त्री खनालको भनाई छ ।
अर्थमन्त्री खनालले आपसी विश्वासमा आधारित प्रणालीको विकास गरेर मात्रै मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सकिने बताएका छन् । सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्ने नीति लिएको पनि उनले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्