Skip to content
LAXMI SUNRISE BANK

साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौँ । साना किसान विकास लघुवित्तले लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई  कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

यसअघि कम्पनीले १३.३० प्रतिशत बोनस सहित कुल १४ प्रतिशत लाभांश दिएको थियो ।

हाल कम्पनीको सेयर प्रतिकित्ता ८५८ रूपैयाँमा कारोबार भइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK