काठमाडौँ । सोफा हबले आफ्ना भाग्यशाली १० जना ग्राहकलाई थाइल्याण्ड भ्रमण गराउने भएको छ । कम्पनीले आफ्नो ‘दशैँ-तिहार अफर’ अन्तर्गत भाग्यशाली १० जनालाई निःशुल्क थाइल्याण्ड भ्रमणमा लैजाने भएको हो ।
मंगलबार भक्तपुरमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले भाग्यशाली १० जना विजेताको नामसमेत सार्वजनिक गरिसकेको छ । नाम ‘लक्की ड्र’मार्फत छानिएको थियो ।
सोफा हबको दशैँ-तिहार अफरमा पर्ने १० भाग्यशाली विजेतहरुमा लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुसुमकला गणेश, विनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, तम बहादुर सुनार र माधवप्रसाद दुलाल रहेका छन् ।
‘लक्की ड्र’मार्फत विजेता घोषणा भएका १० जनालाई छिट्टै थाइल्याण्ड भ्रमणमा लैजाने कम्पनीले जनाएको । यसो त कम्पनीले यसअघि गत वर्ष पनि १० जनालाई युरोप भ्रमण गराएको थियो । सँगै आगामी दिनमा पनि ग्राहकलक्षित योजनाहरु निरन्तर ल्याउने कम्पनीका सञ्चालक तारालाल धरेलले बताएका छन् । कम्पनीका अनुसार दशैँ-तिहार र छठमा १५ सय बढी ग्राहकले सोफा हबबाट फर्निचर खरिद गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्