Skip to content
LAXMI SUNRISE BANK

तोडफोड र आगजनी गर्नेविरुद्ध विशेष अदालतले दियो प्रहरीमा जाहेरी, ६ करोड ८८ लाखको क्षति भएको दाबी 

अर्थ सरोकार

काठमाडौँ । जेन-जी आन्दोलनमा तोडफोड र आगजनी गर्नेविरुद्ध विशेष अदालत काठमाडौँले प्रहरीमा जाहेरी दिएको छ । अदालतले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएको हो ।

जाहेरीमा अदालतले जेन-जी आन्दोलनका क्रममा अदालतमा तोडफोड र आगजनी गर्नेहरुको फोटो र भिडियोसमेत बुझाएको छ । 

विशेष अदालतले जाहेरी दिएको र सो विषयमा अध्ययन भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाहेरीमा तोडफोड र आगजनीबाट विशेष अदालतमा ६ करोड ८८ लाख २८ हजार रुपैयाँ क्षति भएको उल्लेख छ ।

आन्दोलनका क्रममा केही समूह विशेष अदालतमा प्रवेश गरेर तोडफोड र आगजनी गरेका थिए । हाल अदालतले दिएको जाहेरीका विषयमा प्रहरीले थप अध्ययन गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK