Skip to content
LAXMI SUNRISE BANK

सिंहदरबारमा सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता सुरु, के होला मंसिर ७ गतेको आन्दोलन ?

अर्थ सरोकार

काठमाडौँ । सरकार र दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा छलफल सुरु भएको छ । बुधबार बिहान गृह मन्त्रालयमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईंको समूहबीच छलफल सुरु भएको हो ।

सरकारसँगको वार्तामा प्रसाईं भने सहभागी छैनन् । 

तर, प्रसाईंको समूहबाट सङ्गठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमाझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा, देवीप्रसाद संग्रौला लगायत वार्तामा उपस्थित छन् । प्रसाईंले मंसिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । 

यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली काँग्रेस विपीसँग पनि सहकार्य गरेका छन् । सरकारसँगको वार्ता मुख्यतः सोही आन्दोलनमा केन्द्रित रहने बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK