काठमाडौँ । जेन-जी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पनि सोधपुछ गर्ने भएको छ । आयोगले सोधपुछका लागि रविलाई बोलाएको हो ।
रविसँग जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट निस्किएको घटनाबारे सोधपुछ गरिने बताइएको छ ।
आयोगले सोधपुछका लागि बोलाएपछि नख्खु कारागार प्रशासनले रविलाई बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराउने भएको छ । जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते रवि असुरक्षाको कारण देखाउँदै कारागारबाट निस्किएका थिए ।
पछि उनी पुनः कारागारमै फर्किएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्