×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन’- महावीर पुन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन’- महावीर पुन

Artha Sarokar

१० मंसिर २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले सिंहदरबार घेरेर मात्र देश विकास नहुने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै पुनले यस्तो बताएका हुन् ।

उनले अहिलेको युवा पुस्तासहित भावी पुस्ताको भविष्य उज्ज्वल बनाउने एउटै मात्र बाटो फागुन २१ गतेको चुनावमा युवा नेताहरुलाई जिताएर बुढा नेतालाई बिदा गर्नु भएको पनि बताएका छन् ।

‘अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको ? अहिलेको युवा पुस्ता सहित भावी पुस्ताहरूको भविष्य उज्ज्वल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरै भन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो । ’, पुनले लेखेका छन् । 

त्यस्तै, उनले बुढा नेताहरु लोभीपापी र स्वार्थी समूहहरुले घेरिएको पनि बताएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी