काठमाडौँ । नवनियुक्त आईजीपी दानबहादुर कार्कीले प्रहरीले पाउने सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको कार्यभार सम्हाल्दै कार्कीले यस्तो निर्णय गरेका हुन् ।
योसँगै अब वरिष्ठ सईसम्मको दर्जाका प्रहरीले २ लाख रुपैयाँसम्म आकष्मिक कर्जा पाउने भएका छन् । यसका लागि १० करोड रुपैयाँ छुट्याउन लागिएको छ ।
पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी) बाट यो निर्णय पारितसमेत भइसकेको बताइएको छ । यस्तो कर्जा आकस्मिक अवस्थामा दिइनेछ । यस्तो कर्जा शिक्षा, स्वास्थ्य तथा घरायसी समस्यामा प्रहरी कर्मचारीलाई दिइनेछ ।
नेपाल प्रहरीले प्रहरी कर्मचारीलाई ५ प्रतिशतका दरले यस्तो कर्जा दिँदै आएको छ । यस्तो कर्जा एक वर्षभित्र तिरिसक्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्