Skip to content
LAXMI SUNRISE BANK

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ओखलढुंगा कार्यसमितिको छैटौँ जिल्ला अधिवेशन हुँदै

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ओखलढुंगा कार्यसमितिको छैटौँ जिल्ला अधिवेशन हुने भएको छ ।

जिल्ला समितिले कार्तिक २२ गते (शनिबार) जिल्ला अधिवेशन डानेको हो ।

सोही दिन समितिको साधारण सभा एवम् बृहत सांस्कृतिक कार्यक्रम पनि हुने समितिको ओखलढुंगा कार्यसमितिका सचिव केशब गदाइलिले जानकारी दिएका छन् । उनका अनुसार अधिवेशन तथा साधारण सभा ओखलढुंगाको लिखु गाउँपालिका–३ नर्मदेश्वर महादेव मन्दिर परिसरमा हुनेछ ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय प्रतिनिधिको समेत सहभागिता रहने गदाइलिले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK