काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँग विद्युत खरिद गर्दा घाटा नभएको बताएका छन् ।
राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिको बैठकमा मन्त्री घिसिङले भारतसँग ऊर्जा व्यापारका लागि द्विपक्षीय सम्झौता भएपछि सस्तो मूल्यमा विद्युत खरिद भइरहेको स्पष्ट पारे ।
‘भारतसँग द्विपक्षीय सम्झौता नभएको भए प्रतियुनिट आठ रुपैयाँ १० पैसामा विद्युत् किन्नुपर्ने बाध्यता थियो, सम्झौतापछि प्रतियुनिट छ रुपैयाँ ९५ पैसामा विद्युत खरिद भइरहेको छ, यसबाट करिब रु एक अर्ब २० करोड बचत भएको छ ।’ सोही सम्झौताअनुसार भारतबाट १८० मेगावाट विद्युत् खरिद भइरहेको उनले बताए ।
त्यस अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जाडोयाममा आपूर्ति सुनिश्चित गर्न भारतबाट विद्युत आयात अपरिहार्य भएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्