काठमाडौँ । धनुषामा घरभित्रै पसेर चोरी गर्ने महिलाको गिरोह पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-१४ की ४० वर्षीया हिरा देवी मुखिया, सोही स्थानकी ४५ वर्षीया राधा देवीया मुखिया र जनकपुरधाम उपमहानगरपालिका १४ मा डेरा लिई बसेकी १९ वर्षीया जस्मित खातुन रहेकी छन् ।
गत कार्तिक २ गते रातको समयमा जनकपुरधाम उपमहानगरपालिका ८ स्थित नमुना बस्तीमा रहेको पुरन सिंह थारुको घरमा नगद तथा गरगहनासहित विभिन्न सरसामान चोरी भएको थियो ।
प्रहरीले खबर प्राप्त गर्नासाथ विशेष अनुसन्धान टोलीले सूक्ष्म अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । पक्राउ परेका तीनै जनासँग चोरी भएका सरसामान बरामद भएको छ ।
उनीहरुले केही गरगहना महोत्तरीको जलेश्वर नगरपालिका-२ स्थित माँ अम्बे ज्वेलर्सलाई बेचेका थिए । प्रहरीले उक्त ज्वेलर्सका सञ्चालक सरज साह सोनार र अनरजित साहलाई खरीद गरिएको चोरीका गरगहनासहित पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्