×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनुषामा चोरको बिगबिगी, चोरीमा संलग्न महिलाको गिरोह पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

धनुषामा चोरको बिगबिगी, चोरीमा संलग्न महिलाको गिरोह पक्राउ

Artha Sarokar

१९ कार्तिक २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । धनुषामा घरभित्रै पसेर चोरी गर्ने महिलाको गिरोह पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-१४ की ४० वर्षीया हिरा देवी मुखिया, सोही स्थानकी ४५ वर्षीया राधा देवीया मुखिया र जनकपुरधाम उपमहानगरपालिका १४ मा डेरा लिई बसेकी १९ वर्षीया जस्मित खातुन रहेकी छन् ।

गत कार्तिक २ गते रातको समयमा जनकपुरधाम उपमहानगरपालिका ८ स्थित नमुना बस्तीमा रहेको पुरन सिंह थारुको घरमा नगद तथा गरगहनासहित विभिन्न सरसामान चोरी भएको थियो ।

प्रहरीले खबर प्राप्त गर्नासाथ विशेष अनुसन्धान टोलीले सूक्ष्म अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । पक्राउ परेका तीनै जनासँग चोरी भएका सरसामान बरामद भएको छ । 

उनीहरुले केही गरगहना महोत्तरीको जलेश्वर नगरपालिका-२ स्थित माँ अम्बे ज्वेलर्सलाई बेचेका थिए । प्रहरीले उक्त ज्वेलर्सका सञ्चालक सरज साह सोनार र अनरजित साहलाई खरीद गरिएको चोरीका गरगहनासहित पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी