काठमाडौँ । डेडीकेटेड तथा ट्रंक लाइनको पैसा नतिरेका उद्योगीहरुले प्रधानमन्त्रीको पावर लगाएर पैसा नतिर्न खोजेपछि उर्जामन्त्री कुलमान घिसिङले पद नै छोड्ने भएका छन् । उनी निकट स्रोतका अनुसार आफ्नै पार्टी बनाउन गृहकार्य गर्नेगरी उनले पार्टी छोड्न लागेका हुन् ।
उनले पार्टी बनाउनेगरी तयारी गरेको र उद्योगीले पैसा नतिरेको कारण देखाएर सरकार छोड्न लागेको कुरा मन्त्रीहरुबीच पनि छलफल भईसकेको छ । केहि दिन अघि मात्र प्रधानमन्त्री सुशिला कार्कीले सम्पादकहरुको छलफलमा समेत अन्य मन्त्रीहरुले चुनावमा भाग नलिने तर, कुलमानले भने पार्टी खोल्न लागेको सुनेको बताएकी थिइन् । कुलमानबारे कार्कीको सो भनाई आउँदा कुलमान मुस्कुराईमात्र रहेका थिए ।
पछिल्लो समय मजदुरलाई देखाएर व्यवसायीहरुले बिजुलीको पैसा नतिर्ने अडान लिएको भन्दै घिसिङले यसपाली आफ्नो निर्णयलाई काटेर उद्योगीले पैसा नतिरी लाइन जोडिए आफु सरकारबाट अलग हुने तयारी गरेको उनी निकटहरु बताउँछन् । घिसिङले बक्यौता रकम उठाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिईसकेका छन् भने प्राधिकरणले बक्यौता नतिर्नेहरुको लाइन काटिसकेको छ ।
लाइन अवरुद्ध भएपछि उद्योगीहरु प्रधानमन्त्री भेट्ने, विभिन्न होटलमा विभिन्न राजनीतिक दलका कार्यकर्तासँग भेट्ने, मिडिया ट्रायलको ठेक्का पाएकाहरुसँग छलफल गर्ने गरिरहेका छन् ।
‘सकेसम्म बिजुलीको बिलको रकम उठाउने हो । सकिएन भने सरकार छोडेर जनतामा जाने हो ।’ कुलमान निकट एक अधिकारीले अर्थ सरोकारसँग भने, ‘उर्जामन्त्री हुँदा पनि बिजुलीको बक्यौता उठाउन सकिएन भने सो बक्यौता उठाउन अव प्रधानमन्त्री बन्नुको विकल्प छैन । प्रधानमन्त्री नै भएर भए पनि बक्यौता छोड्नु हुन्न भन्ने कुरा छ । यसका लागि जनताको साथ खोज्न कुलमानजी चुनावमा जान सक्नुहुन्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्