काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । राम्रो काम, राम्रो देश र आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने ३२ वर्षीय अमृत तामाङ, ४२ वर्षीय बिशाल बज्राचार्य र ४९ वर्षीय पुड्के तामाङ रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अमृत तामाङले बुल्गेरिया पठाउने भन्दै १ जनाबाट ७ लाख ५० हजार रुपैयाँ, बिशाल बज्राचार्यले अमेरिका पठाउने भन्दै १ जनाबाट ४ लाख ४७ हजार ५ सय रुपैयाँ र पुड्के तामाङले अल्बानिया पठाउने भन्दै १ जनाबाट ३ लाख रुपैयाँ ठगी गरेका थिए ।
हाल पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्