×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज ‘राष्ट्रिय ठगी दिवस’ ! सचेत रहन सबैलाई आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आज ‘राष्ट्रिय ठगी दिवस’ ! सचेत रहन सबैलाई आग्रह

Artha Sarokar

२५ कार्तिक २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आज सन् २०२५ नोभेम्बर ११, अर्थात ११ः११ । यो दिनलाई भाग्यशाली दिनका रुपमा लिने गरिन्छ । 

तर, भाग्यशाली दिनका रुपमा लिइने यो दिनमा अत्याधिक ठगी हुने गरेको भन्दै युवाहरुले आजको दिनलाई ‘राष्ट्रिय ठगी दिवस’को रुपमा मनाउने घोषणा गरेका थिए ।

गत वर्ष मात्र ११ः११ का नाममा सामाजिक सञ्जाल र विभिन्न प्लेटफर्महरुले ठगी धन्दा चलाएका थिए । यसरी ११ः११ का नाममा चलाइएको ठगी धन्दामा थुप्रै युवाहरुले करोडौँ गुमाउनुपरेको थियो । 

यसरी ११ः११ का नाममा ठूलो ‘स्क्याम’ भएपछि युवाहरुले आजको दिन (११ः११) लाई ‘राष्ट्रिय ठगी दिवस’ मनाउने घोषणा गरेका थिए । ११ः११ लाई भाग्यशाली दिन भन्दै अहिले पनि थुप्रै प्लाटफर्मले ठगी धन्दा चलाइरहेको पाइएको छ । यस्ता ठगी धन्दाबाट जोगिन सचेत रहन आग्रह गरिएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी