काठमाडौँ । प्रशिक्षण नेपाल प्रा.लि.द्वारा संचालित इस्प्राउट(iSprout)ले ‘विद्यार्थी सिड फन्ड च्यालेन्ज’ कार्यक्रम गर्ने भएको छ । कम्पनीले नेपालका विद्यार्थी उद्यमीहरुको प्रतिभा र सिर्जनशीलतालाई प्रोत्साहण गर्न उक्त कार्यक्रम गर्ने भएको हो ।
इस्प्राउटले नेपालभरका विद्यार्थीद्वारा संचालित स्टार्टअप र उद्यमहरुमा लगानी, मार्गदर्शन र लगानीकर्तासँगको पहुँच उपलब्ध गराउँदै उद्यमशीलताको नयाँबाटो खोल्ने उद्देश्य राखेको छ ।
नेपाल बिजनेश एन्जल सर्कल, इन्भेस्टमेन्ट सर्कल, रिभ्याम्प नेपाललगायतका लगानी फोरम र अन्य साझेदारहरुको सहकार्यमा करीब ५ करोड रुपैयाँ बराबरको लगानी कोष स्थापना गर्ने उद्दश्यका साथ यस कार्यक्रमले नेपालभरका विद्यार्थीहरुको व्यवसायिक विचारलाई व्यावहारमा रुपान्तरण गर्ने अवसर प्रदान गर्ने छ ।
टेक्स्पायर कलेजसँगको सहकार्यमा सञ्चालन हुने इस्प्राउट- शिक्षण, संस्था, उद्योग र लगानीलाई एकीकृत गर्दै विद्यार्थी उद्यमीहरूको क्षमता विकास गर्ने एउटा प्लेटफर्म हो ।
तीन महिनासम्म चल्ने उक्त कार्यक्रमको सरुवात परिचय सत्रबाट हुन्छ र यस अवधिभित्र व्यवसाय मोडलिङ्ग, लगानी रणनीति, प्रभावकारी प्रस्तुति तयार पार्ने तालिम लगायतका व्यावहारिक कार्यशालामार्फत व्यवसायिक मार्गदर्शन प्रदान गरिन्छ ।
यसले विद्यार्थी स्टार्टअपहरुलाई आफ्नो विचार परिस्कृत गर्न, स्केलेबल व्यवसाय योजना तयार गर्न र डमो डे- ३१ जनवरी २०२६ मा लगानीकर्ताका अगाडी प्रस्ततु गर्न सक्षम बनाउने जनाईएको छ ।
इस्प्राउटको आवेदन उच्च माध्यमिक तह, स्नातक तह र ग्याप वर्षका ती विद्यार्थीहरूका लागि खला छ, जसले आफ्नो स्टार्टअप सुरु वा विस्तार गर्न चाहन्छन् । थप जानकारी तथा आवेदनका लागि [email protected] वा +977 986242937 मा सम्पर्क गर्न सकिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्