Skip to content
LAXMI SUNRISE BANK

त्रिवेणी सिन्थेटिकले तिर्यो विद्युत महसुल बक्यौताको पहिलो किस्ता

अर्थ सरोकार

काठमाडौँ । त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रा.लि.ले नेपाल विद्युत प्राधिकरणलाई बिजुलीको पहिलो किस्ता तिरेको छ । बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिकले पहिलो किस्ता वापत १५ लाख ७१ हजार रुपैयाँ तिरेको हो । 

पहिलो किस्ता तिरेसँगै उद्योगमा लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । कम्पनीले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेबापतको महसुल समयमा नतिरेको हुँदा प्राधिकरणले कार्तिक ४ गते उद्योगमा लाइन काटिदिएको थियो । 

त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । 

कम्पनीको ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी तिर्न मिल्ने सुविधा प्राधिकरणले दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK