काठमाडौँ । ९ किलो बढी यार्सागुम्बासहित काठमाडौँबाट दुई जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको नयाँ बजारबाट ३७ वर्षीय चिनियाँ नागरिक एमए मसु र काठमाडौँ-३१ घर भएका ३६ वर्षीय नबिला बानुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले ९ किलो ३ सय ६० ग्राम यार्सागुम्बा र २० लाख रुपैयाँ बरामद गरेको छ ।
त्यस्तै, उनीहरुको साथबाट १ सय ५७ किलो बन लसुन, १ सय १ किलो सुकेका किरा, ७ किलो ९ सय ग्राम गुच्ची च्याउ, साढे ७ किलो गुन्द्रुकजस्तो देखिने जडिबुटी र तौल गर्ने मेसिन २ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, १ थान क्याल्कुलेटर, ३ थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । हाल पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्