Skip to content
LAXMI SUNRISE BANK

जेन-जी आन्दोलनमा क्षति भएका सवारी साधन खरिद गर्न ८० प्रतिशतसम्म ऋण !

अर्थ सरोकार

काठमाडौँ । जेन-जी आन्दोलनमा क्षति भएर नयाँ सवारी साधन खरिद गर्न चाहनेले ८० प्रतिशतसम्म कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले परिपत्रमार्फत यस्तो व्यवस्था गरेको हो । 

आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा व्यवसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

हाल बैंक तथा वित्तीय संस्थाले सवारी साधन खरिद गर्न ६० प्रतिशतसम्म मात्र ऋण प्रदान गर्दै आएका थिए । तर, राष्ट्र बैंकले परिपत्रमार्फत गरेको नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले जेन-जी आन्दोलनका क्रममा क्षति भएका सवारी साधन प्रतिस्थापन गर्न ८० प्रतिशतसम्म ऋण दिन सक्नेछन् ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा थुप्रै सवारी साधनमा क्षति पुगेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK