काठमाडौँ। सिए अञ्जली सावदले एक्यानको चुनावमा सबैभन्दा धेरै भोट ल्याएकी छिन्। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) को कार्यकारी सदस्य खुल्लातर्फा अञ्जली सावदले सबैभन्दा धेरै भोट ल्याएकी हुन्। उनले कुल ११०३ मत ल्याएकी छिन्।
सिए अञ्जली सावदले कागजी गणनामा १६८ मत र मेसिन गणनामा ९३५ मत प्राप्त गरेकी छिन् ।
एक्यानको चुनावमा खुलातर्फ इशा अधिकारी, अन्जली सावद, सुमन न्यौपाने, रिजिता श्रेष्ठ, गुरु प्रसाद पोखरेल र मिथलेश प्रसाद चौधरीले उम्मेदवारी दिएका थिए । जसमध्ये अञ्जलीको मत सबैभन्दा धेरै आएको छ।
त्यस्तै, इशा अधिकारीले कागजी गणनामा १५५ मत र मेसिन गणनामा ७६४ मत गरी कुल ९१९ प्राप्त गरेकी छिन्। सुमन न्यौपानेले कागजी गणनामा १२२ मत र मेसिन गणनामा ६९१ मत गरी कुल ८१३ प्राप्त गरेकी छिन् भने रिजिता श्रेष्ठले कागजी गणनामा १६४ मत र मेसिन गणनामा ८८१ मत गरी कुल १०४५ मत प्राप्त गरेकी छिन्।
यता गुरु प्रसाद पोखरेलले कागजी गणनामा १९७ मत र मेसिन गणनामा ७९४ गरी कुल ९९१ मत प्राप्त गरेका छन् भने मिथलेश प्रसाद चौधरीले कागजी गणनामा २३० मत र मेसिन गणनामा ७३४ मत गरी कुल ९६४ प्राप्त गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्