Skip to content
LAXMI SUNRISE BANK

पोडकाष्ट चलिरहँदा जब एआईले प्रश्न सोध्यो…

अर्थ सरोकार

काठमाडौँ । ‘द ग्राविटी शो’ विथ एआई सेगमेन्ट नामक पोडकाष्टको पहिलो भाग सार्वजनिक गरिएको छ । 

पहिलो एपिसोडमा आर्यन स्कुल अफ इन्जिनियरिङका भाइस प्रिन्सिपल प्रकाश न्यौपाने गेष्ट थिए । ४६ मिनेट लामो कार्यक्रममा अघिल्लो खण्डमा गेष्टको संघर्ष, बाल्यकाल र वर्तमान अवस्था र शिक्षाका विषयमा कुराकारी प्रस्तुत गरिएको छ भने दोस्रो खण्डमा गेष्टलाई प्रत्यक्ष रुपमा एआईसँग कुराकानी गराइएको छ । 

एआईगेष्टबीचको कुराकानी कार्यक्रमको विशेष र रोचक सेग्मेन्ट हो । नेपालमा ‘एआई सेगमेन्ट’ भनेर ग्राविटीले पहिलो पटक भिन्न शैलीमा टेलिभिजन कार्यक्रम निर्माण गरेको हो । 

पहिलो सिजनमा २४ एपिसोड योहो टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा शिक्षाविद्ध, कलाकार, विद्यार्थी तथा विभिन्न क्षेत्रका सेलीब्रेटीहरुलाई अतिथिका रुपमा निम्त्याइने बताइएको छ । जसको कार्यक्रम प्रस्तोताका रुपमा संचारकर्मी प्रमिला रावत छिन् । मासिक २ एपिसोड प्रसारण हुने कार्यक्रम ‘ग्राविटी होम ट्युसन तथा ग्राविटी मेघा मिडियाले तयार पारेको कार्यक्रम हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK