काठमाडौँ । विवाहको सिजन सुरु भएसँगै देशभर सरकारी गाडीको व्यापक दुरुपयोग भएको पाइएको छ । खासगरी स्थानीय तहमा प्रयोग हुने सरकारी गाडीको दुरुपयोग भएको पाइएको हो ।
मंसिर महिना सुरु भएयता ‘हेल्लो सरकार’ मार्फत प्राप्त उजुरीमध्ये अधिकांश उजुरी सरकारी गाडी दुरुपयोगका भएको बताइएको छ ।
उजुरीमाथि गरिएको छानबिनका क्रममा अधिकांश जनप्रतिनिधिले प्रयोग गर्ने गाडी विवाह, व्रतबन्ध लगायतका काममा प्रयोग भएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानले देखाएको छ । यतिसम्म कि सरकारी गाडी मलामी, व्यक्तिगत घुमघाम र घरायसी प्रयोजनमा समेत प्रयोग भएको अनुसन्धानबाट खुलेको छ ।
सरकारी गाडीको दुरुपयोग भएको अनुसन्धानले पुष्टि गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ पालिकालाई सरकारी गाडी र सुविधाको दुरुपयोग नगर्न निर्देशन दिएको छ । त्यसका बावजुत पनि कसैले सरकारी गाडीको दुरुपयोग गरेको पाइए कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्