काठमाडौँ । जाडोयाम सुरु भएसँगै अहिले चोक, सडक र चौरहरुमा बदामको बिक्री बढेको छ । पारिलो घाममा बसेर बदाम खाँदै साथी भाइसँग गफ गर्दै बस्नुको छुट्टै आनन्द छ ।
त्यसैमाथि पौष्टिक तत्त्वले भरिपूर्ण खाद्य वस्तु भएकाले पनि जाडोयाममा बदाम खानेहरु बढी नै हुन्छन् । बदाम खानाले मुटुको रक्त केशिकहरु स्वस्थ रहनुका साथै कोलेस्ट्रोललाई कम गर्नमा पनि यो प्रभावकारी हुने भएकाले बदाम खानेहरु बढेका छन् ।
हाल बजारमा बदामको मूल्य मात्रा र गुणस्तर अनुसार मुठीदेखि पाथीसम्म ५० रुपैयाँदेखि ३५० रुपैयाँसम्म पर्ने गर्दछ । बाँकी तस्विरमा हेर्नुहोस्ः














