Skip to content
LAXMI SUNRISE BANK

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

अर्थ सरोकार

काठमाडौँ । झापामा चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा चार सय ९६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा कार्यालयमा उद्ययोगतर्फ दुई सय ४३ र वाणिज्यतर्फ दुई सय ५३ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ पाँच सय र वाणिज्यतर्फ चार सय ७९ उद्योग नवीकरण गरिएको उनले जानकारी दिएका छन् ।

सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आवको पहिलो पाँच महिनामा उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ ७७ उद्योग खारेज हुँदा १२ उद्योगको ठाउँसारी, २८ उद्योग नामसारी, १८ उद्योगको नाम परिवर्तन तथा ३६ उद्योगले उद्देश्य थपेका छन् । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका अधिकांश उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताए ।

विभिन्न कारणले उद्योग बन्द हुनेको सङ्ख्याभन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको सूचना अधिकारी भट्टराईले उल्लेख गरेका छन् । उनका अनुसार कार्यालयले चालु आवको पाँच महिनामा विभिन्न शीर्षकमा रु ८८ लाख ८५ हजार ६०० राजस्व सङ्कलन गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK