काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले ६ लाख ऋणीलाई कालोसूचीबाट हटाउन माग गरेका छन् । उनले परिस्थितिवस् ऋण तिर्न नसकेर ‘ब्ल्याक लिष्ट’मा परेका व्यापारी, यातायात व्यवसायीसहित बैंक, लघुवित्त र सहकारीको कालोसूचीमा परेका ६ लाख ऋणीलाई कालोसूचीबाट हटाउन माग गरेका हुन् ।
‘बैंक, लघुवित्त र सहकारीबाट कालोसूचीमा परेका ऋणीको संख्या करिब ६ लाख छ । उनीहरुलाई कालोसूचीबाट हटाउनुपर्छ ।’, प्रसाईंले भने, ‘अब कसैलाई पनि कालोसूचीमा राख्नुभएन । कसैलाई पनि ३५ दिने सूचना काट्नु भएन ।’
त्यस्तै, प्रसाईंले बैंक र व्यवसायी छुट्याउनुपर्ने पनि माग गरेका छन् । ‘बैंक नेपाली जनताको हुनुपर्ने हो । तर अहिले सीमित व्यक्तिको हातमा बैंक छ ।’, उनले भने, ‘बैंक, इन्स्योरेन्स, रि-इन्स्योरेन्स, व्यापार, सेयर कम्पनी सबै एउटैको कब्जामा छ । त्यसैले बैंक र व्यवसायी छुट्याउनुपर्छ ।’
त्यस्तै, प्रसाईंले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि भूमिहीन सुकुम्बासी र कवाड व्यवसायीलाई हटाउने काम बन्द गर्न पनि माग गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्