Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा ६५ लाख चोरेर दाङ भागेका युवक पक्राउ, ६५ लाख १७ हजार रुपैयाँ बरामद

अर्थ सरोकार

काठमाडौँ । दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चोरी गरेको रु ६५ लाख १७ हजार रकमसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको उक्त रकम बरामद गरिएको हो ।

केसी सोमबार राति मात्र काठमाडौँबाट घर फर्किएका हुन् । उनले चोरी गरिरहेको सिसिटिभी फुटेज कैदका आधारमा उनको घरमा खोजतलासी गर्दा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

काठमाडौँको विशालनगरमा रहेको डिसहोम फाइबरनेटका सञ्चालकको घरबाट चोरी गरिरहेको सिसिटिभी फुटेज प्रहरीलाई प्राप्त भएपछि प्रहरीले उनको घर यकिन गरी रातभर निगरानी गरेको थियो । केसीलाई मंगलबार सो रकमसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका केसीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK