काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौँमा महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले वैकल्पिक शक्तिहरु मिलेर जानुको विकल्प नरहेको भन्दै युवा शक्ति मिलेर जाने प्रस्ताव गरेको बताएका छन् । बालेनसँग चरण चरणमा वार्ता भएको पुष्टि गर्दै शाहीले नयाँ शक्ति र युवाहरु एकीकृत भएर जाने विषयमा छलफल भएको बताएका छन् ।
उनले मुलुकको विकास र जनताको अपेक्षा पूरा गर्न वैकल्पिक शक्तिहरु मिलेर जानु नै अन्तिम विकल्प भएको बताए ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा पकड बनाउने गरी वैकल्पिक शक्तिहरु मिल्नुपर्नेमा आफ्नो जोड रहेको पनि शाहीले बताएका छन् । उनले निर्वाचनको लागि मात्रै नभई मुलुकको दीर्घकालिन हितका विषयहरुलाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्ने आफ्नो धारणा रहेको समेत बताएका छन् ।
शाहीका अनुसार भेटघाटमा देश निर्माणका लागि विभिन्न युवाशक्ति र वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्ने सम्भावनाबारे छलफल भएको थियो । उनले तत्काल कुनै निश्चित निर्णय भइनसकेको भन्दै राजनीतिक सहकार्यको टुंगो लागिसकेपछि थप विषय सार्वजनिक हुने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्