काठमाडौँ । बेलायती पत्रिका ‘दी बैंकर’ ले विभिन्न देशका बैंकहरुले अवार्ड पाउँ भनी दिएको निवेदनका आधारमा पत्रिकाले आयोजना गर्ने कार्यक्रममा पैसा तिरेर सहभागी हुने सर्तमा दिने ‘बैंक अफ दी एअर’ अवार्ड दोश्रो पटक पनि सिटिजन्स बैंकले पाएको छ । यसअघि कसैले अप्लाई नगरेपछि सिटिजन्सले पाएको अवार्ड, यसपाली पनि अरु कुनै बैंकले अप्लाई नगरेपछि सिटिजन्सले नै पाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र अध्यक्ष सोहि अवार्ड लिन लण्डन पुगेका छन् । दी बैंकर नामक पत्रिकाले कार्यक्रममा सहभागी भएको पैसा लिन्छ भने, सोहि अवसरमा एउटा सानोतिनो कार्यक्रम गरेर अवार्ड पनि बाँड्छ । नेपालको एउटा सामान्य कनक्लेभ जति पनि कार्यक्रम नगरी केहि देशका बैंकहरुलाई सो कार्यक्रममा अवार्ड बाँडिन्छ । अवार्ड अप्लाई गर्दा बैंकले दिएको जानकारी खासै भेरिफाई नहुने हुनाले पनि अप्लाई गर्ने बैंकले सो अवार्ड पाईहाल्छ ।
सो अवार्ड लिन बैंकले खर्च भने राम्रै गर्नुपर्छ । बैंकका अध्यक्ष र सीइओको आतेजाते बैंकले नै बेहोर्छ । सो अवार्ड हुने कार्यक्रममा प्रवेशकै लागि पैसा तिर्नुपर्ने भएकाले सो अवार्ड लिने प्रक्रिया सक्न बैंकको राम्रै पैसा खर्च भएको हुन्छ । सिटिजन्स बैंकले गत वर्ष पनि निकै मोटो रकम खर्च गरेर ‘बैंक अफ दि एयर २०२४’ अवार्ड लिएर बेलायतबाट फर्किएको थियो ।
कुनै बेला दी बैंकरले पनि भव्य कार्यक्रम गर्थ्यो भने यो अवार्ड निकै प्रतिष्ठित पनि मानिन्थ्यो । तर पछिल्लो समय, सामान्य कार्यक्रममा अवार्ड वितरण गर्ने गरिएको छ भने नेपाली बैंकहरुले चासो पनि दिने गरेका छैनन् । यसपटक पनि सिटिजन्स बैंकले मात्र सो अवार्ड प्राप्त गरेको छ । यसअघि डुबेको कर्णाली बिकास बैंकले डुबेको घोषणा हुन बाँकी रहँदै सो अवार्डका लागि आवेदन दिन खोजेको थियो । तर सो अवार्डमा बिकास बैंकहरुले भाग नै लिन नपाउने भएपछि सिटिजन्स एक्लैले सो अवार्डका लागि आवेदन दिएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्