Skip to content
LAXMI SUNRISE BANK

‘बा’लाई गाली गर्दै बाहिरिएका बासुदेव बालेनतिर, अब विष्णुप्रसादलाई बिचल्ली बनाउने अभियानमा !

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले पार्टी परित्याग गरेको बताएका हुन् । 

पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले जनताको इच्छा र चाहना सम्बोधन गर्ने अवस्था नदेखिएको भन्दै पार्टी परित्याग गरेको घिमिरेले बताएका छन् । 

‘…पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको छु ।’, घिमिरेले लेखेका छन् । 

एमालेबाट बाहिरिएपछि उनी बालेनतर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ । यसअघिको निर्वाचनमा रुपन्देही-५ बाट निर्वाचित भएका घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्वमेयर पनि हुन् । उनी बालेनसँग नजिक छन् ।

एमालेबाट बाहिरिएसँगै घिमिरे एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग चुनाव लड्ने तयारीमा रहेको बुझिएको छ । उनले आसन्न निर्वाचनमा पौडेललाई बिच्चली बनाउने अभियान सुरु गर्ने तयारी गरेको उनी निकट स्रोतले बताएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK