काठमाडौँ । तोरी धेरै उत्पादन हुने जिल्लाका रूपमा चिनिने चितवनमा केही समय उत्पादन घटे पनि पछिल्ला वर्षमा पुनः उल्लेख्य वृद्धि भएको छ । उर्वर माटो, प्राङ्गारिक मलको प्रयोग, उन्नत जातका बीउ, तोरीको तेलको बढ्दो मूल्य तथा जङ्गली जनावरबाट कम क्षति हुने भएकाले किसानहरू तोरीखेतीतर्फ आकर्षित भएका छन् ।
विसं २०७६ पछि तोरीको क्षेत्रफल र उत्पादकत्व दुवै बढ्दै गएको छ । यस वर्ष चितवनमा २१ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ, जुन गत वर्षको तुलनामा बढी हो । धान, मकै, गहुँ र दलहनको सट्टा तोरी लगाउने प्रवृत्ति बढ्दो छ ।
चितवनको तोरी गुणस्तरीय मानिन्छ र यहाँ उत्पादन भएको तोरीको तेल देशका प्रमुख सहरहरूमा आपूर्ति हुँदै आएको छ । सरकारको प्रवर्द्धन, अनुसन्धान तथा उन्नत बीउ उपलब्ध भए थप उत्पादन वृद्धि सम्भव देखिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्