काठमाडौँ । सिटिजन्स सन्तुलित योजनाको इकाई बिक्री खुला भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रबर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रकम रु. एक अर्बको आकार रहेको चौथो बन्दमुखी योजना सिटिजन्स सन्तुलित योजनाको पुस ४ गतेदेखि पुस ८ गतेसम्म इकाई बिक्री खुला भएको हो ।
उक्त इकाई संचालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त भईसकेको छ ।
सिटिजन्स सन्तुलित योजनामा किन लगानी गर्ने ?
म्युचुअल फण्डमा लगानी गर्दा बचतमा भन्दा बढी प्रतिफल प्राप्त गर्न सकिने सम्भावना हुन्छ । यस योजनाले सेयर तथा डिबेन्चरहरुमा लगानी गरी नाफा र जोखिमको सही सन्तुलन राख्नेछ । हाल नेप्से इन्डेक्स तल्लो तहमा भएकाले यस योजनाले लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने सम्भावना बढी हुन्छ । राम्रो वार्षिक लाभांश दिन सफल योजना व्यवस्थापकले यस योजना संचालन गर्ने भएकोले पनी सक्दो लगानी गर्न उचित हुने धारणा छ ।
योजनाको इकाई खरिद गर्नका लागि आफ्नो ‘मेरो सेयर’ खाता मार्फत वा सि–आश्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएको शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम एक लाख इकाई (अर्थात प्रति इकाई रु. १० को दरले न्यूनतम रकम रु. एक हजार र अधिकतम रकम रु. दश करोड सम्म) खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ । यस योजनाको वित्तीय प्रक्षेपण अनसुार औषत वार्षिक प्रतिफल १४% हुने अनुमान गरिएको छ ।
सिटिजन्स क्यापिटलले इच्छुक व्यक्तिलाई १,००० कित्ता देखी २ लाख कित्ता सम्म आवेदन दिन सुझाव दिएको छ भने संस्थाहरुलाई पनी सक्दो बढी कित्ताको लागी आवेदन दिन सुझाव दिएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सीइओ सबिर बादे श्रेष्ठ रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्