काठमाडौँ । पुस लागेसँगै काठमाडौँ लगायत देशभरको तापक्रम घटेको छ । तापक्रम घटेसँगै बिहान र बेलुकाको समयमा काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ ।
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ । मंगलबार बिहान गरिएको मापन अनुसार न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उपत्यकामा बिहानको समयमा विभिन्न काममा निस्कने मानिसहरूले बाक्लो कपडा लगाउन थाली सकेको अवस्था छ भने कतिपय मानिसहरू आगो ताप्न सुरु गरिसकेको अवस्था छ ।
विशेष गरी बिहानको समयका विद्यालय, कलेज र विभिन्न काममा संलग्न मानिसहरु जाडोयाम सुरु भएसँगै बढी प्रभावित भएका देखिन्छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्