काठमाडौँ । पछिल्लो समय राइड सेयरिङ एपहरुमा लोकप्रिय बन्दै गएको ‘याङ्गो प्रो’ र नेपाल क्याब एण्ड रिसर्च प्रालिबीच सहकार्य भएको छ । सोमबार एक कार्यक्रमकाबीच ‘याङ्गो प्रो’ र नेपाल क्याबसँगको औपचारिक सहकार्य सुरु भएको हो ।
‘याङ्गो प्रो’ र नेपाल क्याबबीच सहकार्य सुरु भएसँगै नेपाल क्याब अब ‘याङ्गो प्रो’को फ्लिट पार्टनरका रुपमा रहनेछ ।
योसँगै अब नेपाल क्याबमार्फत राइडरहरु ‘याङ्गो प्रो’मा जोडिन सक्ने नेपाल क्याबका सञ्चालक शेषराज पौडेलले बताएका छन् ।
पौडेलका अनुसार नेपाल क्याबमार्फत ‘याङ्गो प्रो’मा जोडिएका राइडरहरुसँग नेपाल क्याबले समन्वय गर्नेछ भने राइडरहरुले पाउने बोनस तथा सुविधा पनि नेपाल क्याबमार्फत नै उपलब्ध गराइनेछ ।
‘याङ्गो प्रो’ र नेपाल क्याबबीचको सहकार्यले राइडरलाई मात्र नभएर यात्रुलाई समेत सहज हुने पौडेलको भनाई छ । ‘हाम्रो उद्धेश्य एप चलाउनु मात्र होइन, यात्रुको सहज यात्रा पनि हो ।’, उनले भने, ‘हामीले राइडर र यात्रु दुवैलाई सहज हुनेगरी काम गर्छौं ।’
त्यस्तै, नेपाल क्याबमार्फत ‘याङ्गो प्रो’मा जोडिएका राइडरहरुलाई सहज सेवा मात्र नभएर मेकानिकल रुपमा पनि सहयोग गर्ने पौडेलले बताएका छन् । ‘हामीसँग जोडिएका राइडरलाई सकेजति सुविधा दिनेछौँ ।’, उनले भने, ‘यात्राका क्रममा गाडी बिग्रिए मेकानिक पठाउँछौँ । सम्भव भए बाटोमै रिपेयर गर्छौं, नभए वर्कसपमा ल्याएर सहुलियत मूल्यमा मर्मत पनि गरिदिन्छौँ ।’
त्यस्तै, पौडेलले ‘याङ्गो प्रो’मा जोडिएका राइडरहरुलाई सर्भिसिङमा पनि सहुलियत दिने बताएका छन् । यसले राइडरको समयसँगै खर्च पनि जोगिने पौडेलले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्