Skip to content
LAXMI SUNRISE BANK

सञ्चारमन्त्री खरेलका सय दिनः कति काम गरे ? के-के गरे ?

अर्थ सरोकार

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा विभिन्न उपलब्धि हासिल भएका छन् । उनले गत असोज ६ गते सञ्चारमन्त्रीको रुपमा नेतृत्व लिएका हुन् ।

मन्त्री खरेलले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रीको रुपमा पदबहाली भएको तीन महिनामा सम्पन्न भएका आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धिहरू सार्वजनिक गरेका छन् । उनले सो अवधिमा उल्लेखनीय कार्य सम्पादन गरेको बताए ।

मन्त्री खरेलले भने, ‘धेरै चुनौतीका बीच यति मुख्य उपलब्धि हासिल भएका छन् । आगामी दिनमा इमान्दारिकता साथ काम गरिन्छ ।’

यसअवधिमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामदेखि दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच, सगरमाथाको आधार शिविरमा ‘फोरजी’ सेवा विस्तारसम्मका महत्वपूर्ण काम भएका छन् । मन्त्री खरेलले तीन महिनाको अवधिमा आमसञ्चार क्षेत्रमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, एनटिभि वल्र्डको शुभारम्भ, स्व पत्रकार सुरेश रजकलाई सहिद घोषणा, गोरखापत्रमा कुलुङ भाषा थपसहित ४६ भाषामा समाचार तथा रेख रचना प्रकाशन भएको जानकारी दिएका छन् ।

यस्तै दूरसञ्चार क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेटतर्फ काठमाडौँ उपत्यकाका १९ सार्वजनिक स्थानमा जडान गरिएको र उपत्यका बाहिर २९ स्थानमा वाइफाइ जडानका लागि पक्रिया अघि बढाइएको मन्त्री खरेलले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा १५ वायरलेस साइट जडान गरिएको, नेपाल टेलिकमको सक्रिय ग्राहक सङ्ख्या दुई लाख वृद्धि, जेनजी डाटा प्याक कार्यान्वयन, एभरेष्ट वेस क्याम्पमा फोरजी सेवा विस्तारलगायतका कार्य सम्पन्न गरिएका उनले बताएका छन् ।

मन्त्री खरेलले जेन–जी घाइते पत्रकार सम्मान, जेनजी आन्दोलनको क्षतिको विवरण तयार, सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकार तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्धतालगायतका उपलब्धि सार्वजनिक गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK