काठमाडौँ । नेपाल नागरिक उड्यान प्राधिकरण(क्यान)का महानिर्देशक प्रदिप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग आयोगले अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उक्त मुद्दामा अधिकारी लगायत अभियुक्तसँग १३ करोड ९७ लाख ४६ हजार २१३ रुपैयाँ विगो माग गरिएको छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै अधिकारी निलम्बनमा परेका छन् । उनको कार्यकाल सकिन अझै दुई महिना बाँकी छ ।
मुद्दा दायर गरिएका ६ मध्ये ४ जना क्यानका कर्मचारी हुन् । निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ र नवलविक्रम थापा विरुद्ध मुद्दा दायर गरिएको हो । त्यस्तै, कम्पनीका सञ्चालक विजय थापा र इन्जिनयर गुरुदत्त अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्