काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमै सबैभन्दा भेट्रान बैंकरका रुपमा परिचित रत्नराज बज्राचार्यलाई नेपाली बैंकिङ क्षेत्रले ‘मिस’ गर्न थालेको छ । समग्र बैंकिङको बिग्रँदो अवस्थाका बीच बैंकलाई प्रगतिपथमा लैजान सक्ने एक मात्र बैंकरका रुपमा हेरिएका बज्रचार्यलाई जसरी पनि बैंकिङमा फर्काउनुपर्ने मागसहित नियामक राष्ट्र बैंकमै विभिन्न समूहले उमेर हद संसोधनको माग गर्न थालेका छन् ।
बज्राचार्यलाई राष्ट्र बैंकको एकीकृत निर्देशनमा भएको उमेर हदको व्यवस्थाले प्रमुख कार्यकारी अधिकृत बन्न दिँदैन । सोही कारण सो व्यवस्था नै परिवर्तन गरेर उनलाई पुन: बैंकिङमा फर्काउनुपर्ने माग उठेको हो ।
यसो त यो प्रस्ताव लिएर पुगेकाहरुलाई गभर्नर डा. विश्वनाथ पौडेलले यस विषयमा आफू सकारात्मक भएको प्रतिक्रियासमेत दिएका थिए । मर्जर भएका बैंकलाई विशेष व्यवस्था भन्दै वा यस्तै अरु केही नाममा सो उमेरहद बढाउने वा खारेज गर्ने विषयमासमेत राष्ट्र बैंकमा छलफल भएको थियो । तर, नियमन विभागका अधिकारीहरुले तत्काल सो काम गर्न नहुने, र यसमा थप केही तयारी गर्नुपर्ने बताएपछि तत्कालै सो व्यवस्था नहटेको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ । यद्यपि केहि समयपछि सो व्यवस्था हट्न सक्ने सम्भावनालाई पनि नकार्न नसकिने ती अधिकारीहरुको दाबी छ ।
बज्राचार्य सिइओ बन्न मिलेको खण्डमा थुप्रै बैंक उनलाई सिइओ बन्ने प्रस्ताव लिएर जाने तयारीमा छन् । यसमा प्रभु, हिमालयन, देखि सिटिजन्स बैंकसम्म छन् ।
प्रभुका अहिलेका सिइओ स्वयम् नै बज्राचार्य आए बैंक बाट बिदा हुने तयारीमा छन् । हिमालयनको बोर्ड अहिलेका सिइओ अशोक राणालाई हटाउन चाहिरहेको छ । सिटिजन्स बैंकका सिइओ पनि बैंकका अहिलेका सिइओ गणेशराज पोखरेललाई हटाएर नयाँ सिइओ ल्याउन चाहन्छ । प्रवल जंग पाण्डेमात्र पोखरेल सकारात्मक देखिएका कारण मात्र अहिले सिटिजन्सको नयाँ सिइओ नियुक्ति प्रक्रिया रोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्