काठमाडौँ । ललितपुर महानगरले सडकको बोट बिरुवामा क्षति पुर्याउनेलाई कारवाही गरेको छ । महानगरले अफिस छेकेको भन्दै सडकको बोट बिरुवा काट्ने श्री सिट स्केभ सीसीडेन्सी समाजलाई कारवाही गरेको हो ।
कारवाहीस्वरुप समाजलाई एक लाख १० हजार रुपैयाँ जरिवाना तिराइएको महानगरपालिकाले जनाएको छ ।
महानगरका अनुसार समाजले आफ्नो अफिस छेकिएको भन्दै सडकमा लगाइएका बोट बिरुवा काटिदिएको थियो । वर्षौं मेहेनत गरेर हुर्काएको बिरुवा पसल छेकिएको बाहनामा काटेपछि कारवाही गरिएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताएका छन् ।
योसँगै महानगरले सडकमा लगाइएका बोट बिरुवामा क्षति नगर्न पनि आग्रह गरेको छ । महानगरले यसअघि पोलमा विज्ञापनको पर्चा टाँस्नेलाई पनि जरिवाना तिराउँदै आएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्