Skip to content
LAXMI SUNRISE BANK

रहेनन् पूर्व बैंकर नारायणदास मानन्धर…

अर्थ सरोकार

काठमाडौँ । प्राइम कमर्सियल बैंकका संस्थापक सिइओ नारायणदास मानन्धरको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो ।

प्राइम कर्सियल बैंकको संस्थापक सिइओसमेत रहेका मानन्धरको नेतृत्वमा बैंक स्थापनाको छोटो समयमै नयाँ उचाइमा पुगेको थियो । प्राइम बैंकको नेतृत्व सम्हाल्नअघि मानन्धर तत्कालीन नेपाल बंगलादेश बैंक र लुम्बिनी बैंकको सिइओ थिए ।

मानन्धरले कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको उच्च व्यवस्थापनमा रहेर लामो समय जिम्मेवारी निभाएका थिए । युवक मावि र युथ क्याम्पसमा प्राध्यापन समेत गरेका मानन्धरले प्राइम कमर्सियल बैंकमा सिइओ पदबाट अवकास लिँदै सक्रिय बैंकिङ जीवनबाट पनि अवकास लिएका थिए ।

मानन्धरका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK