Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ क्षेत्रका ४ संगठनको एउटै स्वर- ‘ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गरियोस्’

अर्थ सरोकार

काठमाडौँ । बैंकिङ क्षेत्रका चार संगठनहरुले ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न माग गरेका छन् । 

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मंसिर २४ गते ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न माग गरेका हुन् । 

मंसिर २४ गते रिकभरीका लागि भन्दै गएका बैंकको सप्तरीस्थित रुपनी शाखाका कर्मचारीमाथि दुर्व्यवहार भएको थियो । ऋणी, ऋणीका परिवार र आफन्तले बैंकका कर्मचारीलाई कालोमोसो दलेर जुत्ताको माला लगाई कुटपिट गरेका थिए । बैंकका कर्मचारी कुटपिट र दुर्व्यवहारमा काँग्रेसी उपमेयर रिता कुमारी चौधरी पनि संलग्न रहेको खुलेको छ । 

यसरी कानुनतः ऋण असुलीका लागि गएका बैंकका कर्मचारीमाथि दुर्व्यवहार हुनु समग्र बैंकिङ क्षेत्रमाथिको हमला भएको बैंकिङ क्षेत्रका चार संगठनले बताएका छन् । प्रेस विज्ञप्ति जारी गर्दै चार संगठनले उक्त घटनामा संलग्नलाई कारवाही गर्न माग गरेका छन् । यस्तो छ प्रेस विज्ञप्तिः 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK