काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र फोटो दुरुपयोग गरेर ठगी भएको पाइएको छ । उपमेयर डंगोलको नामबाट ह्वाट्सएप एकाउन्ट बनाएर ठगी भएको पाइएको हो ।
आफ्नो नाम र फोटो दुरुपयोग गरेर ह्वाट्सएपमार्फत ठगी भएकोबारे स्वयम् डंगोलले जानकारी गराएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्क्रिनसट राख्दै उक्त ‘फेक’ ह्वाट्सएप एकाउन्टमा प्रयोग भएको नम्बर आफ्नो नभएको र सो एकाउन्ट आफ्नो नभएको डंगोलले दाबी गरेकी छिन् । उनले यसरी भइरहेको ठगीबाट सचेत रहन पनि आग्रह गरेकी छिन् ।
डंगोलले फेसबुकमा राखेको स्क्रिनसटमा उनको नाम र फोटो प्रयोग भएको एकाउन्टबाट आफूलाई अप्ठ्यारो परेको भन्दै ई-सेवाको क्यूआर पठाएर पैसा मागिएको छ ।
यसरी आफ्नो नाम र फोटो प्रयोग गरी फेक ह्वाट्सएप एकाउन्ट खोलेर ठगी गरेको पाइएपछि उपमेयर सुनिता डंगोलले सो विषयमा नेपाल प्रहरी र दूरसञ्चार निकायलाई जानकारी गराएर कानून प्रक्रिया अघि बढाइसकेको जानकारी दिएकी छिन् । उनले यस्तो गैरकानूनी काम नगर्न र यस्ता ठगीबाट सचेत हुन पनि सबैलाई आग्रह गरेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्