Skip to content
LAXMI SUNRISE BANK

गभर्नरबारे जेन-जीः एकथरीले भने- ‘बर्खास्त गर्नुपर्छ’, अर्काथरी भन्छन्- ‘क्षमतावान गभर्नर’

अर्थ सरोकार

काठमाडौँ । आइतबार सिंहदरबारमा पुगेर एकथरी जेन-जीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गरे । अर्थमन्त्री रामेश्वर खनाललाई भेटेरै जेन-जी युनाइटेडका संयोजक जनक परियारले गभर्नर पौडेललाई बर्खास्त गर्न माग गरेका हुन् ।

उनले राष्ट्र बैंकको गभर्नर बन्न पौडेल योग्य नभएको दाबी गर्दै बर्खास्त गर्न माग गरेका छन् । 

यतिसम्म कि उनले गभर्नर डा. विश्वनाथ पौडेलको गभर्नर बन्न योग्यता र विषयविज्ञता दुवै नपुग्ने र राजनीतिक भागबन्डाका आधारमा गभर्नर नियुक्त गरिएको पनि दाबी गरेका छन् । उनले गभर्नर पौडेललाई तत्काल बर्खास्त गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

तर, अर्थमन्त्रीलाई बर्खास्त गर्न माग गरिएसँगै अर्काथरी जेन-जीले सो को विरोध गरेका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै जेन-जी युवा तनुजा पाण्डेले गभर्नरको राजीनामा माग्नु अपरिपक्वता भएको बताएकी छिन् ।

उनले गभर्नर डा. विश्वनाथ पौडेल उत्कृष्ट अर्थशास्त्री, स्पष्टता र सन्दर्भ बुझ्न सक्ने क्षमता भएको गभर्नर भएको भन्दै आधारहीन राजीनामा माग्ने काम बन्द हुनुपर्ने बताएकी छिन् ।

उनले लेखेकी छिन्– ‘निःसन्देह उहाँ नेपालका उत्कृष्ट अर्थशास्त्री, स्पष्टता र सन्दर्भ बुझ्ने क्षमता भएका गभर्नर हुनुहुन्छ। व्यक्तिगत मुड-स्वीङसंकीर्ण स्वार्थले देश अझै बढी नोक्सान व्यहोर्न सक्दैन। आधारहीन राजीनामा मागहरू बन्द हुनुपर्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK