काठमाडौँ । एनआईसी एशिया क्यापिटलले लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा जोङ कोरियन भाषा इन्स्टीच्युट सल्लेरी, सोलुखुम्बु, सोलुखुम्बु बहुमुखी क्याम्पस र सहिद बहुमुखी क्याम्पस रामपुर, पाल्पा मा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
क्यापिटलले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा विश्व लगानीकर्ता सप्ताह, २०२५ को अवसरमा विद्यार्थी तथा विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरु र सर्वसाधारणहरुलाई लक्षित गरी तीन स्थानमा एकैसाथ लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरताका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
उक्त कार्यक्रममा नेपालमा धितोपत्र बजारको विकास र विस्तार, डिम्याट खाता, ब्रोकर खाता तथा मेरो शेयर खोल्दा आवश्यक पर्ने कागजात र खाता खोल्ने प्रकृयाका साथै प्राथमिक सेयर निष्काशनको समयमा सेयर खरिद आवेदन गर्दा ध्यान दिनुपर्ने कुराहरु र विधिको सम्बन्धमा विस्तृत रुपमा जानकारी गराईको थियो ।
त्यसैगरी, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, एसआइपी, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो ।

उक्त तीन वटा कार्यक्रमबाट प्रत्यक्ष रुपमा ३५० जना भन्दा बढी सहभागिहरुलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान प्रदान गरिएको क्यापिटलले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्