Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै दुई लाख ६० हजार नाघ्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १९ सय रुपैयाँले बढेर दुई लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४५ रुपैयाँले बढेर प्रतितोला ३८७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख २३ हजार ५ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३३१८ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK