काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७ सय रुपैयाँले बढेर दुई लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ३५८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख १६ हजार ८ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३०७३.५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।








प्रतिक्रिया दिनुहोस्