Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य एक हजारले बढ्यो, तोलाको दुई लाख ५३ हजार १ सय रुपैयाँ

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक हजार रुपैयाँले बढेर दुई लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला ३८०५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख १६ हजार ९ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३२६२ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK