Skip to content
LAXMI SUNRISE BANK

सरकारी ऋण २८ खर्ब नजिक, ५ महिनामै थपियो सवा खर्ब ऋण

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो पाँच महिनामा सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) मा १ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ ऋण थपिएको हो । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सरकारको कुल सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । 

सरकारको सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)सँगको अनुपातमा ४५.६६ प्रतिशत हो । गत आर्थिक वर्षको असारसम्म सरकारको सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।

सरकारले तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब १ अर्ब ६३ करोड रुपैयाँ छ भने बाह्य ऋण १४ खर्ब ८६ अर्ब ९० करोड रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले १ खर्ब ६७ अर्ब १ करोड ऋण भुक्तानी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK