Skip to content
LAXMI SUNRISE BANK

बैंकका कर्मचारीलाई दुर्व्यवहार गर्नेमाथि कारवाही गर्न गृहमन्त्रीलाई गभर्नरको फोन, त्यसपछि पक्राउ परे दुई !

अर्थ सरोकार

काठमाडौँ । ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । मंसिर २४ गते बैंकको सप्तरीस्थित रुपनी शाखाका कर्मचारीलाई कालोमोसो दलेर जुत्ताको माला लगाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने दुवैजना बैंकका ऋणी हुन् ।

प्रहरीका अनुसार बैंकका कर्मचारी दुर्व्यवहार प्रकरणमा पीडित पक्षले दिएको जाहेरीका आधारमा उमाकान्त चौधरी र सञ्जिव चौधरीलाई पक्राउ गरिएको छ । दुवैजना बैंकबाट ऋण लिएको सप्‍तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालीका सञ्चालक हुन् । 

उक्त फर्मको नाममा ज्योति विकास बैंकको रुपनी शाखाबाट २०७८ बैशाख २३ गते ४ करोड ५० लाख रुपैयाँ प्रवाह भएको थियो । तर, कर्जा अनियमित भएपछि बैंकले धितो लिलामीको प्रक्रिया अघि बढाएको थियो । सोही विषयमा छलफलका लागि भन्दै गएका बैंकका कर्मचारीमाथि मंसिर २४ गते दुर्व्यवहार भएको थियो । 

यसो त सुरुमा उक्त प्रकरणमा पीडित पक्षले दिएको जाहेरी बैंकले लिन नमानेको विषय सार्वजनिक भएको थियो । पछि विभिन्न बैंकर्स संघहरु घटनाको भत्सर्ना गर्दै विज्ञप्ति जारी गरेका थिए । बैंकरहरुको चर्को दबाबपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र गृहमन्त्री ओम प्रकाश अर्यालबीच सो विषयमा संवाद समेत भएको थियो । गृहमन्त्रीसँगको संवादमा गभर्नरले बैंकका कर्मचारीलाई पक्राउ गरी कारवाही गर्न भनेपछि दुई जना पक्राउ गरेका हुन् ।

हाल पक्राउ परेका दुवैजनामाथि अदालतबाट म्याद थपको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK