Skip to content
LAXMI SUNRISE BANK

एचआईडीसीएलले ३.५ प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौँ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ३.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश गरी कुल ३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले कुल ४९ करोड ११ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गर्ने जनाएको  छ । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २१ गते वार्षिक साधारणसभा गर्ने तय गरेको छ । वार्षिक साधारणसभाका लागि पुस ८ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK